चाईना ट्रेड बहुउद्देश्यीय १५ वर्ष प्रवेश: सहकारीको भिडमा भिन्न पहिचान बनाउन सफल
काठमाडौं : काठमाडौं महानगरपालिका–२२, महाबौद्ध स्थित चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था स्थापना १४ वर्ष पुरा गरेको छ ।
२०६४ साल साउन १ गते २९ जनाबाट सुरुभएको यस सहकारी आजको दिनसम्म आईपुग्दा सबल संस्थाको रुपमा परिचित छ । सहकारीहरुको भीडमा चाईना ट्रेडले आफूलाई भिन्न पहिचान बनाउन समेत सफल भएको छ ।
संस्थामा हाल करिब १५ सय सदस्य आवद्ध भएका छन् । करिब ८ करोड १५ लाख रुपैयाँ सेयर पुँजी रहेको यस संस्थाको कुल वासलात ९० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठ जानकारी दिनुभयो । संस्थामा हाल १७ जना कर्मचारी आवद्ध छन् ।
संस्थाले करदाता सेवा कार्यालय, न्यूरोडबाट सबैभन्दा धेरै कर तिर्ने सहकरी सम्मान, राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ठ संस्था लगायत सम्मान प्राप्त गरिसकेको छ ।
चाईना ट्रेड बहुउद्देश्यीय सहकारी एसियाली ऋण महासंघ (अक्कू)को सहयोगी संस्था समेत हो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको ब्राण्डिङ कार्यक्रममा समेत आवद्ध भएको छ । त्यस्तै आईएसओ चिन्ह प्राप्त गर्ने अन्तिम चरणमा संस्था पुगेको छ ।
संस्थाले बचत तथा अधिकतम व्याज दिनुका साथै अन्य सहकारीको तुलनामा सस्तो दरमा समेत कर्जा प्रवाह गर्दै आएको छ । नेपाल सरकारले तोकेको व्याजदरभन्दा पनि कममा कर्जा प्रवाह संस्थाले गर्दै आएको छ । संस्थाले अधिकतम १४.५० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
प्रतिस्पर्धि बजारमा सदस्यलाई सर्वसुलभ वित्तीय सेवा संस्थाले प्रदान गर्दै आएको छ । संस्थाले मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट सेवा, मिस्डकल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार