ज्योति मिर्मिरे सामुहिक साकोसद्वारा वृक्षारोपण
काभ्रे : पनौती नगपालिका–६, नमोबुद्ध रोडमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २०८ औ भानु जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘सम्पदा संरक्षणमा ज्योति मिर्मिरे सामुहिक साकोसको साथ’ भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।
संस्थाका सचिव दिपकप्रसाद दाहालको सभापतित्व र पनौती ९ का वडा अध्यक्ष सहकूल कुमार हुमागाईको प्रमुख आतित्थ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

‘दिगो र उत्कृष्ट वित्तीय सहकारी संस्था’ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोसले विगत २२ वर्षदेखि सदस्यको आर्थिक, सामाजिक, सास्कृतिक र वातावरणीय पक्षको सकारात्मक परिवर्तका लागि काम गरिरहेको छ । संस्था यस वर्ष नेफस्कूनद्धारा बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएको थियो ।
२०६९ साल फागुन १९ गते काभ्रेको पनौतीमा रहेका ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृती नमुनालाई एकैपटक नेपालमा पहिलो पटक भव्यरुपमा सहकारी एकिकरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार