पोखरा रोयलको नीति, कार्यक्रम तथा बजेट गोष्ठी: कुल सम्पत्ति कम्तिमा १०% वृद्धि गर्ने लक्ष्य
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था (पोखरा रोयल साकास)ले आर्थिक वर्ष २०७८/०७९ को लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट गोष्ठी सम्पन्न गरेको छ ।
संस्थाको सञ्चालक, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थितिमा आईतबार अर्चुअल विधिबाट गोष्ठी सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले नीति तथा कार्यक्रम र मुख्य प्रबन्धक मीलन ढकालले बजेटको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले आगामी वर्षलाई सदस्यहरुको स्वास्थ्य, सुरक्षा र सहकार्यलाई ध्यान दिई वित्तीय सफलता हासिल गर्ने लक्ष्य लिएको छ । संस्थाले आगामी वर्ष कुल सम्पत्तिमा कम्तिमा १० प्रतिशतको वृद्धि गर्ने लक्ष्य लिएको छ भने आगामी वर्षलाई पूर्णतय: प्रविधीमैत्री बनाउँदै क्यासलेस, चेकलेस र पेपरलेसको आधारशिला तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

गोष्ठीमा संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङ्गले स्वागत तथा सचिव क्या. चन्द्रप्रसाद गुरुङ्गले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार एकनारायण शर्मा ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ्ग, सदस्यहरु हरिबहादुर गुरुङ्ग, विष्णुहरी ढकाल, जंगबहादुर गुरुङ्ग, माधव भण्डारी, एकबहादुर गुरुङ्ग, पूर्णिमा बाँस्तोला लगायतले नीति, कार्यक्रम तथा बजेटमा सुझाव तथा राय पेश गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार