१८ भदौ २०८३, बिहिबार

भिमकुल सहकारीमा चोरीः सदस्यहरुमा क्षमा याचना, सेयर र बचत सुरक्षित रहेको प्रतिक्रिया

२०७८ असार २७, आईतवार
भिमकुल सहकारीमा चोरीः सदस्यहरुमा क्षमा याचना, सेयर र बचत सुरक्षित रहेको प्रतिक्रिया

गोरखा : भिमसेन थापा गाउँपालिका–७, बोर्लाङमा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको विवरण सार्वजनिक भएको छ । संस्थाले शनिबार एक सूचना जारी गर्दै संस्थाबाट २६ लाख रुपैयाँ नगद र एक थाक कम्प्युटर चोरी भएको जनाएको छ । चोरले संस्थाको मुख्य सेफबाट उक्त रकम लुटेका थिए ।

शनिबार बिहान १ः३० बजेदेखि ३ः३० को समयमा चोरी भएको संस्थाका सचिव भूमि गोतामेद्वारा जारी सूचनामा भनिएको छ । यस घटनाप्रति क्षमा माग्दै संस्थाले सेयर, बचत तथा दायित्व सुरक्षित रहेको समेत संस्थाले जनाएको छ ।

संस्थाबाट निरन्तर रुपमा सेवा प्रवाह गरिने समेत जनाएको छ । खोज तथा अनुसन्धान कार्यलाई तिब्रता लिई दोषीलाई यथाशक्य छिटो कानुनी दायरामा ल्याउन सबैमा संस्थाले सहयोग समेत मागेको छ ।

अभिलेख

लोकप्रिय