१८ भदौ २०८३, बिहिबार

भारतमा सहकारी मन्त्रालय शक्तीशाली, गृह मन्त्रीलाई सहकारीको जिम्मा

२०७८ असार २४, बिहिबार
भारतमा सहकारी मन्त्रालय शक्तीशाली, गृह मन्त्रीलाई सहकारीको जिम्मा

काठमाडौं : छिमेकी मुलक भारतको पहिलो सहकारी मन्त्रीमा अमित शाह नियुक्त भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रालय गठन गरी पहिलो सहकारी मन्त्रीमा अमित शाहलाई नियुक्त गर्नुभएको हो । उहाँ यसअघि गृहमन्त्री हुनुहुन्थ्यो ।

भारत सरकारले सहकारी मन्त्रालयको स्थापना गरी सहकारी आन्दोलनलाई बढी उचाई प्रदान गर्ने उद्देश्य लिएको छ । भारत सरकारले सहकारिताबाट समृद्धिको सपना देखेको छ । यसकारण पनि भारत सरकारले सहकारी मन्त्रालयलाई शक्तिशाली मन्त्रालय मानेको छ ।

शाह भारतीय राजनीतिमा शक्तीशाली व्यक्तिको रुपमा आफ्नो परिचय बनाउन सफल नेता हुन् । उहाँ सन् २०१४ देखि २०२० सम्म भारतीय जनता पार्टीको समेत अध्यक्ष रहेका थिए । मन्त्री शाहले आफ्नो करिअर सहकारी बैंकबाट बनाउनु भएको थियो ।

शाह सन् २००१ देखि २००३ सम्म अहमदाबाद जिल्ला सहकारी बैंकको अध्यक्ष बन्नुभएको थियो । अध्यक्ष बनेपछि उक्त सहकारी बैंकमा धेरै राम्रा काम गरेर सहकारी अभियानमा छाप छोड्न सफल हुनुभएको थियो ।

शाहलाई सहकारी मन्त्री पाउँदा भारतका सिंगो सहकारी अभियानले खुशी मनाएका छन् ।

अभिलेख

लोकप्रिय