सिवाइसी साकोसको छलाङ: एक वर्षको अवधिमा गर्यो यस्तो उपलब्धी !
बागलुङ : सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको असार २० गतेसम्म कुल सम्पत्ति १ अर्ब ९७ करोड ६ लाख पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४० करोड ५८ लाख रहेको थियो । संस्थाले असार २० गते सार्वजनिक गरेको वित्तीव विवरण अनुसार संस्थाको शेयर सदस्य १८ हजार तीन ४९ र बाल सदस्य दुई हजार तीन सय ७८ पुगेका छन् । गत आर्थिक वर्षमा त्यस्तै सदस्य संख्या नौ हजार नौ सय ७० र एक हजार ४ सय ४० जना बाल बचत कर्ता रहेको थिए ।
यस अवधिमा संस्थाको शेयर पुँजी ३२ करोड ३६ लाख ८१ हजार, बचत १ अर्ब ३९ करोड ३० लाख र ऋण लगानी १ अर्ब ३९ करोड ३० लाख पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिनुभयो ।
गत वर्ष संस्थामा बचत एक अर्ब पाँच करोड ४९, सेयर पुँजी २० करोड पाँच लाख र ऋण लगानी ८४ करोड ७१ लाख रहेको थियो ।
त्यसैगरी संस्थाको १० करोड ४७ लाख कोषहरुमा, ७ करोड ६१ दायित्वरहित कोषहरु र २३ वटा सेवा केन्द्र पुगेको छ । संस्थामा ११५ जना कर्मचारी कार्यरत रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार