१८ भदौ २०८३, बिहिबार

सहकारी अभियानलाई सुदृढ पार्न छुट्टै मन्त्रालय गठन

२०७८ असार २३, बुधबार
सहकारी अभियानलाई सुदृढ पार्न छुट्टै मन्त्रालय गठन

काठमाडौं (एजेन्सी) : छिमिकी मुलुक भारतमा छुट्टै सहकारी मन्त्रालय गठन गरिएको छ । मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रालय गठन गर्नुभएको हो । भारतीय सहकारी अभियानको बर्षाैं देखिको माग मंगलबार पुरा भएमा खुशी व्यक्त गरेका छन् ।

गठित मन्त्रालयले भारतको सहकारी आन्दोलनलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ । अब मन्त्रालयले सहकारी अभियानलाई सुदृढ बनाउन सहकारीको कानुन, नीतिगत रुपरेखा कोर्ने छ । मन्त्रालय गठनसँगै सहकारी अभियानलाई तल्लो तहसम्म पुर्याउन भूमिका खेल्नेछ । गठित मन्त्रालयको जिम्मा भने कसैले पाईसकेको छैन ।

सम्भवत आज (बुधबार) मन्त्रिपरिषद् विस्तार हुने भारतीय मिडियाहरुले जनाएको छ ।

मन्त्रालय गठन भएपछि भारतको सहकारी संघले पनि मोदी सरकारलाई धन्यवाद दिएको छ ।

अभिलेख

लोकप्रिय