१७ भदौ २०८३, बुधबार

सहकारीले बढी ब्याज लियो वा सेवा शुल्क ?, नागरिक एपबाटै गर्नुहोस् गुनासो !

२०७८ असार २१, सोमबार
सहकारीले बढी ब्याज लियो वा सेवा शुल्क ?, नागरिक एपबाटै गर्नुहोस् गुनासो !

काठमाडौं : अब सहकारी क्षेत्रसँगको विभिन्न गुनासो घरबाटै गर्न सकिने भएको छ । सरकारले ल्याएको नागरिक एपमार्फत विभिन्न गुनासोहरु गर्न सकिने भएको हो ।

सहकारीले बढी ब्याज लिएको, ठगी गरेको, हिनामिना गरेको, ब्याजदर बढी भएको लगायत जस्तोसुकै गुनासो सरकारलाई गर्न सकिने छ ।

नागरिक एपमार्फत गुनासोको प्रकार छनोट गरी गुनासोसँग सम्बन्धित संस्थाको नाम, ठेगाना दिनुपर्ने हुन्छ । यदी आफूसँग कागजात भएको अवस्थामा पनि अपलोड गर्न सकिने छ । यसरी गरिएको गुनासो सरकारले सम्बोधन गर्ने छ ।

सहकारी क्षेत्रमा भएको विकृतीलाई कम गर्न सरकारले यस्तो अवधारणा ल्याएको हो । यसबाट सहकारी क्षेत्रमा हुने विकृती कम हुने अपेक्षा सरकारले गरेको छ । नियम, कानुन अनुसार सहकारी चल्न पनि बाध्यकारी भएको छ ।

अभिलेख

लोकप्रिय