१७ भदौ २०८३, बुधबार

सुमित्रा कुमारी वाइबालाई उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार

२०७८ असार १९, शनिवार
सुमित्रा कुमारी वाइबालाई उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार

काठमाडौं : यस वर्षको ‘उत्कृष्ट सहकारी कर्मचारी’ सुमित्रा कुमारी वाइबा बन्नुभएको छ ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्दै आएको ‘उत्कृष्ट सहकारी कर्मचारी’ पुरस्कारबाट वाइबा सम्मानित हुनुभएको छ । उहाँ मकवानपुर जिल्ला बचत संघको व्यवस्थापक हुनुहुन्छ ।

राष्ट्रिय सहकारी महासंघ, नेपालले उहाँलाई ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत २०)को दिन ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गर्ने घोषणा गरेको थियो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठबाट हस्तान्तरण गरिएको हो ।

भौतिक कार्यक्रममा उहाँको उपस्थिती हुन नसकेपछि संघका अध्यक्ष कल्पना श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । उहाँ २०६५ सालदेखि संघमा आवद्ध हुनुहुन्छ ।

अभिलेख

लोकप्रिय