सहकारीमा कार्यरत कर्मचारीलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग
विराटनगर : सहकारी संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन प्रदेश नं. १ सहकारी संघले माग गरेको छ ।
प्रदेश सहकारी संघले बिहीबार सामाजिक विकास मन्त्री उषाकला राईलाई मन्त्रालयमा भेटेर माग पत्र बुझाएको छ। कोरोना महामारीको समयमा सहकारी संघ संस्थाहरुले कर्मचारीमार्फत आफ्ना सदस्यलाई सेवा दिनुपर्ने अवस्था भएकाले उनीहरुलाई खोपको आवश्यकता पर्ने संघले जनाएको छ ।
प्रदेश नं. १ का सहकारी संघ/संस्थामा करिब २२ हजार कर्मचारी कार्यरत छन् । सहकारी क्षेत्र भन्दा कम जनसम्पर्क रहने अरु क्षेत्रलाई सरकारले अग्रपङंतीमा खटिने भनेर खोप उपलब्ध गराईरहेको अवस्थामा बढी जनसम्पर्क हुने सहकारी क्षेत्रका कर्मचारीलाई खोपबाट बञ्चित हुनु परेको अवस्था रहेको संघले जनाएको छ ।
सामाजिक विकास मन्त्री राईले सहकारीलाई उच्च प्राथमिक्तामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार