२४ कात्तिक २०८३, मङ्गलबार

हब कोअपरेटिभको पहिलो सेवा केन्द्र पोखरामा, मुख्यमन्त्रीद्वारा उद्घाटन

२०७८ असार १८, शुक्रबार
हब कोअपरेटिभको पहिलो सेवा केन्द्र पोखरामा, मुख्यमन्त्रीद्वारा उद्घाटन

पोखरा : डिजिटल प्रविधिमार्फत सहकारीहरुको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यले काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिसले कास्की सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । हब कोअपरेटिभको यो पहिलो सेवा केन्द्र हो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले वित्तीय कारोबारलाई पूर्ण रुपमा प्रविधिकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न ढिलो गर्न नहुने बताउनुभयो । उहाँले हब कोअपरेटिभले विकास एवम् प्रवर्धन गरेको प्रविधिमा जोडिएर आफ्ना आर्थिक कारोबारहरुलाई पारदर्शी, सर्वसुलभ एवम् सुरक्षित बनाउन सहकारीहरुलाई आग्रह गर्नुभयो ।

हबले सहकारीहरुमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछर्यौट सेवा, क्लियरिंङ्ग, मोबाईल बैंकिंग, बैंक एवम् सहकारीबिच रकमान्तरण र विलहरु भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको छ । संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाईएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताउनुभयो ।

संस्थाले नेपाल भर सातवटै प्रदेशका १५ वटा जिल्लाहरुमा आफ्नो सेवा विस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी तीनवर्ष भित्र सहकारीहरु मार्फत २० लाख व्यक्तिहरुमा विद्युतीय कारोबार सेवाको पहुँच पु¥याउने लक्ष लिएको अध्यक्ष पौडेलले बताउनुभयो । सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको पौडेलले जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईराला, नेफ्सकुन संचालक कमला गिरी, संविधान सभा सदस्य प्रकाश पौडेल लगायतले संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय