विश्व साकोसको अभियानको व्यवस्थापकीय बागडोर महिलाको काँधमा
काठमाडौं : विश्व बचत तथा ऋण सहकारीहरुको साझा सञ्जाल विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा एलिसा म्याक्कार्टर ला बोर्डे नियुक्त हुनुभएको छ ।
ओकू सञ्चालक समितिको एकमत (सबैको विचार मिलेको) ले ला बोर्डेलाई प्रेजिडेन्ट सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ओकूका सिइओ ब्रायन बाञ्चले जुलाईदेखि अवकाश लिदैं हुनुहुन्छ । कार्यकाल सकिनु पूूर्वनै नयाँ सिइओ नियुुक्त गर्ने प्रचलन रहिआएको छ । ब्रायनले औपचारिक अवकाश लिएपछि लाबोर्डेले कार्यभार सम्हाल्नेछन् ।
ओकू बचत तथा ऋण सहकारीको अभियानको विश्वकै सबैभन्दा ठूूला सञ्जाल हो । नवनियुक्त सिइयोसँग अन्तर्राष्ट्रिय वित्तीय समावेशीकरण र माइक्रोफाइनेस क्षेत्रमा काम गरेको २० वर्षे अनुभव छ । उहाँसँग फ्रान्स, बेनिन, अर्मेनिया, टर्की तथा जिम्बाबेमा बसेर काम गरेको अनुभव छ भने विश्वका ७० मुलुकको बचत ऋण सहकारी संघ संस्थाहरुको भ्रमण अनुभव रहेको छ ।
उहाँको नियुक्तिसँगै पहिलो पटक ओकू व्यवस्थापनले महिला नेतृत्व पाएको छ । त्यस्तै एसिया प्रशान्त क्षेत्रीय साकोस सञ्जालको व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि महिलाको काँधमा छ । एसियाली ऋण महासंघ (अकु) को प्रमुख कार्यकारी अधिकृत इलेनिता भि. स्यान राेके (लेनी) रहनुभएको छ । अकूमा ३ करोड ६० लाख व्यक्तिगत सदस्यहरुको क्षेत्रिय सञ्जालको रुपमा स्थापित छ ।
त्यस्तै नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि महिलाको काँधमा छ । महासंघको महाप्रबन्धमा चित्रा कुमारी थाम्सुहाङ सुब्बा कार्यरत हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार