साहस साकोस र चिरायु अस्पतालबीच सम्झौता, सदस्यको उपचारमा भारी छुट
काठमाडौं : काठमाडौंको नयाँबजार स्थित साहस बचत तथा ऋण सहकारी संस्था (साहस साकोस) र बसुन्धारा स्थित चिरायु अस्पताल बीच सदस्य हितलाई दृष्टिगत गरी सम्झौता भएको छ ।
मंगलबार चिरायु अस्पतालको सभा कक्षमा साहस साकोसकातर्फ बाट अध्यक्ष बलराम पाठक र चिरायु अस्पतालको तर्फबाट अप्रेसन निर्देशक चंडेस्वर बैधेले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । अब साहसका शेयर सदस्यहरुले उक्त अस्पतालमा स्वास्थ्य जाँच गराउँदा डाक्टर शुल्क, बेड शुल्क, डाइग्नोसिस शुल्क, औषधी, एम्बुलेन्स लागायतमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने छ ।
संस्थाले आम जनमानसको हित हुने खालको कुनै पनि स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गरेमा चिरायु अस्पतालले आफ्नोतर्फ बाट डाक्टर, औषधि लगायतका सामग्रीहरु पनि निःशुल्क रुपमा सहयोग गर्ने चिरायु अस्पतालका अप्रेसन निर्देशक चंडेस्वर बैधेले बताउनुभयो ।
कोरोना महामारीमा र पछिसम्म पनि सदस्यले स्वास्थ्य उपचारमा बिशेष सुबिधा पाउने र आउँदा दिनहरुमा पनि सदस्य हित हुने खालका कार्यक्रमहरु निरन्तर गरिने संस्थाका अध्यक्ष पाठकले बताउनुभयो ।

सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष केशव सापकोटा र व्यवस्थापक महेश राज थापा उपस्थित हुनुहुन्थ्यो भने चिरायु अस्पतालका तर्फबाट फाइनान्स कन्सलट्यंट चार्टर्ड अकाउनटेन्ट मन्दिप बाशिशठ, बि डि एम हिमाल बहादुर राना लगायतको उपस्थित थियो।
११ वर्ष अघि स्थापना भएको साहस साकोसले सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार