१७ भदौ २०८३, बुधबार

नयाँपाटीका सदस्यहरुलाई विशेष छुटको व्यवस्था

२०७८ असार १५, मङ्गलबार
नयाँपाटीका सदस्यहरुलाई विशेष छुटको व्यवस्था

काठमाडौं : नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि विशेष छुटको व्यवस्था गरेको छ ।

कोरोना भाइरस महामारीबाट जोगिन सरकारले पटकपटक निषेधाज्ञा लगाउँदा व्यापारव्यवसाय ठप्प भई सदस्यहरु आर्थिक चपेटामा परेको भन्दै संस्थाले छुट तथा अन्य सुविधा दिने भएको हो ।

संस्थाले कोरोनाका कारण ऋणको किस्ता बुझाउन नसकेका सदस्यहरुको लागि ऋणको पुनर्तालिकीकरण गरिदिने र त्यसवापत कुनै शुल्क र हर्जाना नलिने भएको हो । त्यसैगरी कर्जामा पाकेको जेठ र असार महिनाको ब्याजमा १० प्रतिशत छुट तथा कुनै हर्जाना लाग्ने छैन । त्यसैगरी यस अघि नै जेठ र असारको ब्याज भुक्तानी गरिसकेका सदस्यहरुले पनि यो सुविधा पाउने व्यवस्थापक रमेश श्रेष्ठले बताउनुभयो ।

भाखा नाघेको ऋणीले पाकेको ब्याज मात्र बुझाएमा ब्याजमा लाग्ने हर्जाना र ऋण नविकरण शुल्कमा शत्प्रतिशत छुट पाउने छन् । यी सुविधा असार मसान्तभित्रका लागि मात्र कायम गरिएको छ ।

अभिलेख

लोकप्रिय