सहकारीमा आवद्ध दुग्ध किसानलाई ११ करोड ७ लाख नोक्सान
चितवन : कोरोना संक्रमणका कारण विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाले चितवनका दुग्ध किसानहरु मारमा परेका छन् । स्थानीयस्तरमा संचालित सहकारीहरुले पनि दूध संकलन नगरेपछि किसानहरु मारमा परेका हुन् ।
संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चितवन जिल्ल्ला दुग्ध उत्पादक सहकारी संघले किसानहरु निषेधाज्ञाले मारमा परेकाले सरकारको ध्यानाकर्षण गराएको छ । संघका सचिव किशोर बगालेले दूग्ध किसान अहिले चौतर्फी मारमा परेको बताउनुभयो । ‘एक त दूध विक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध संकलन गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘समस्या देखाएर किसानबाट जबरजस्ती कम मूल्यमा दूध खरिद गर्ने तर उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको छ ।’
संघका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । जसबाट ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैया नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।
चितवनमा ११० वटा सहकारी मार्फत दूध संकलन भएर विक्री हुने गरेको छ । निषेधाज्ञाका कारण २ वटा सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०–२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारीहरु बाध्य भएर बन्द भएको संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताएउनुभयो । दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताउनुभयो ।
चितवनमा दैनिकी ३ लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । जसमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार