‘एक परिवार एक सहकारी सदस्य’ को अवधारणालाई कार्यान्वयनमा ल्याईने
विराटनगर : विराटनगर महानगरपालिकाले ‘एक परिवार एक सहकारी सदस्य’ को अवधारणालाई कार्यान्वयनमा ल्याईने जनाएको छ । महानगरले ‘एक परिवार एक सहकारी सदस्य’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने गरी आगामी आर्थिक वर्षको लागि सहकारी मैत्री बजेट सार्वजनिक गरेको छ ।
समुदाय र सदस्यप्रति थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न कार्यक्रम मार्फत सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरिने उल्लेख छ । सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन गरी संस्थागत सुशासन कायम गरिने र सहकारीको माध्यमबाट रोजगारी सिर्जना, गरिवी न्युनिकरण र सामुदायिक सशक्तिकरण गरिने निति तथा बजेटमा उल्लेख छ ।
सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने निति तथा बजेटमा जनाईएको छ । सहकारी संस्थाहरु मार्फत गरिने कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रम महानगरपालिकाको समन्वयमा सञ्चालन गरिने भएको छ ।
सहकारी संस्थाहरुको समष्टिगत एकिकृत विवरण तयार गरी सहकारी प्रोफाईल तयार गरिने उल्लेख छ । महानगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गराईने निति तथा बजेटमा उल्लेख गरिएको छ ।
सहकारी संघ/संस्थाहरुमा वचतकर्ताहरुले जम्मा गरेको रकमको सुरक्षाका लागि प्रभावकारी सुपरिवेक्षण गरि कार्वाही प्रक्रियालाई प्रभावकारी बनाइने उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार