सहकारीबाट ऋण लिने युवालाई तीन वर्षसम्म ब्याज अनुदान दिने घोषणा
२०७८ असार ११, शुक्रबार
चितवन : भरतपुर महानगरपालिकाले सहकारी संस्थालाई समुदाय स्तरमा प्रवद्र्धन गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवाहरुलाई सहकारी संस्था वा बैंकमार्फत लिने तीन लाख ऋणका लागि शत प्रतिशत र ५ लाख रुपैयाँ सम्मको ऋणमा ८० प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन हुने भएको छ । भरतपुरले तीन वर्षसम्म ब्याज अनुदान दिने घोषणा गरेको छ ।
विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषिलगायतका साना उद्यम गर्न चाहने युवालाई अनुदान दिने महानगरको घोषणा छ । उक्त कार्यक्रमका लागि महानगरले ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
महानगरले कृषिलाई पनि प्राथमिकता दिएका छ । कृषि कार्यक्रममा सहकारीले पनि साझेदारी गर्न सक्ने देखिएको छ । भरतपुर महानगरले ४ अर्ब ८१ करोड बढीको बजेट ल्याएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार