सहकारी अभियानमा नयाँ अभ्यास, बन्यो नगर स्तरिय सहकारी संघ
पोखरा : पोखरा महानरपालिकामा नगर स्तरिय सहकारी संघ दर्ता भएको छ । पोखरा महानगरपालिकाले असार ४ गते संघ दर्ता प्रमाणपत्र जारी गरेको छ ।
पोखरा महानगरपालिका सहकारी ऐन– २०७५ को दफा (५१) को उपदफा (२) र पोखरा महानगरपालिका सहकारी नियमावली २०७६ को नियम (६) बजोजिम संघ दर्ता गरेको हो ।
पोखरा महानगरपालिका सहकारी ऐन– २०७५ को दफा (५१) को उपदफा (२) मा यस ऐन बमोजिमका गठन भएका संस्थाहरुले सहकारी हित र सिद्धान्तका आधारमा कानूनमा तोकिए बमोजिम महानगरपालिका स्तरीय सहकारी संघ र व्यवसायको सञ्चालनको लागि विशिष्टीकृत संघ बनाउन सक्ने उल्लेख गरेको छ ।
संघको तर्दथ समितिको अध्यक्षमा बलराम गौतम रहनुभएको छ । हाल संघमा ५६ वटा संस्थाहरु आवद्ध रहेका छन् । महानगर कार्यक्षेत्र भएका ३ सय ५७ वटै सहकारीलाई समेटेर अगाडी बढिने संघका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै नियमावली मा महानगरपालिका भित्र दर्ता भई सञ्चालनमा रहेका कम्तिमा ११ वडाका विभिन्न विषयगत क्षेत्रका संस्था समेत समावेश गरी कम्तीमा ५१ वटा सहकारी संस्थाहरु मिलेर महानगरपालिकाले तोकेको कार्यविधि पूरा गरी महानगर सहकारी संघ गठन गर्न सकिने उल्लेख गरेको । त्यस्तै संघको विनियम दर्ता गर्ने अधिकारी समक्ष पेश गरी निजबाट स्वीकृत गरेपछि लागू हुने र महानगर सहकारी संघको काम, कर्तव्य र अधिकार संघको विनियममा तोकिए बमोजिम हुन नियमावलीमा उल्लेख गरिएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार