३१ वटा सहकारी मिलेर प्रदेश नं. १ मा दर्ता भयो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ
मोरङ : राष्ट्रिय सहकारी महासंघले प्रवर्द्धन गरेको पहिलो थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ प्रदेश नं. १ मा दर्ता भएको छ । प्रदेश नं. १ का ३१ वटा सहकारी संस्थाबाट १ करोड ८ लाख रुपैयाँ शेयर पूँजी संकलन गरेर संघ दर्ता भएको हो ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वजेट वक्तव्यमा उल्लेखित सवै प्रकारका उत्पादन, संकलन, भण्डारण र वितरणसम्मका श्रृखला विकास गर्न र सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने नीति अनुरुप महासंघको पहलमा संघ गठन भएको हो ।
यसअघि महासंघले सवै प्रदेशमा थोक उपभोक्ता विशिष्टीकृत संघ स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नुका साथै संघको नमुना विनियम र संचालन कार्यविधि तर्जुमा गरेको थियो । संघ स्थापनार्थ वागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्विनी प्रदेश र प्रदेश नं. १ मा सहकारी संघ संस्थाका वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा महासंघको तर्फबाट वोल्दै उपाध्यक्ष रमेश प्रसाद पोखरेलले उपभोक्तालाई दैनिक आवश्यकताका वस्तुको सहज आपूर्ति एवं गुणस्तरीयताको अभावको वर्तमान समयमा निजीक्षेत्रको एकाधिकार रहेको वजार व्यवस्थापनमा सहकारी क्षेत्र विशिष्टीकृत संघका माध्यमबाट प्रवेश गरेको वताउनुभयो ।
सहकारीको प्राथमिकता दिगो उत्पादन र उपभोगमा जोड दिंदै दैनिक आवश्यकताका वस्तुहरु सहज र सर्वसुलभ मूल्यमा आमउपभोक्तामा पुर्याउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार