`सहकारीलाई आवश्यक पर्ने सम्पूर्ण अनलाइन सेवा सहकारी बैंकमार्फत दिन सकिन्छ´
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी संघ/संस्थालाई सम्पूर्ण अनलाइन सेवा राष्ट्रिय सहकारी बैंकमार्फत दिन सकिने बताउनु भएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरेको प्रविधिमा सहकारी विषयक कार्यक्रममा बोल्दै उहाँले भुक्तानी फच्र्छौैट ऐन संशोधन गरी सहकारी संघ संस्थाहरुलाई समेत PSO/PSP सेवा प्रदान गर्न दिनु पर्ने र सहकारी संस्थाले विद्युतिय सेवाहरु प्रभावकारी रुपमा दिन नसके सदस्यहरुले अन्य वित्तीय निकायमा पैसा राख्नु परेको विषयमा सहकारी अभियान सजक हुनुपर्ने बताउनु भयो ।
गुरागाईले अहिले राष्ट्र बैंकको प्राविधिक सहयोग लियर सहकारी विभागबाटै भिन्नै यूनिट बनायर सेवा दिन सकिने कानुनी बाटो तयार गरी बैक तथा वित्तीय संस्था झै डिजिटल बैंकिङ सेवा दिने वातावरण गर्ने तर्फ लाग्नु पर्ने बताए । उहाँले फण्ड ट्रान्सफर मात्र Digitalization नभएको भन्दै सहकारीको आन्तरिक कार्य सम्पादन प्रविधि मैत्रि हुनु पर्ने, वेबमा आधारित सेवा दिनु पर्ने, सदस्यले चाहेको बेला सेवा सुरक्षित तवरले उपभोग गर्ने वातावरण हुनुनै वास्तबिक Digitalization हुने बताउनु भयो ।
सहकारीमा प्रयोग हुने विभिन्न सफ्ट्वयरको समेत एकरुपता कायम गर्न र नियामक निकायमा API रहने वातावरणको सुनिस्चिता गर्नु अपरिहार्य रहेको बताउनुुुुयाेे । साथै उहाँले राष्ट्रिय सहकारी बैंकले सबै प्रकृतिका सहकारीमा विद्युतिय माध्यमबाट फंण्ड ट्रान्सफर सेवा उपलब्ध गराउने कार्य अन्तिम चरणमा रहेकोले आन्तरिक परिक्षण, हिसाब मिलान, लेखांकन लगायत आफै हुने गरि परिक्षण भैरहेको पनि जानकारी दिनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार