स्थिति सहज नभएसम्म सहकारीको सम्पूर्ण सेवा स्थगन गर्न सरकारकाे अपिल
काठमाडौं : सहकारी विभागले कोभिड–१९ को तीब्र संक्रमणका कारण सहज परिस्थिति निर्माण भएकाले सबै सहकारी संस्थाहरुलाई आफ्ना सेवा केही समयको लागि स्थगित गर्न अपिल गरेको छ ।
विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलद्वारा ‘सेवा प्रवाह सम्बन्धमा’ सबै सहकारी संघ ताथ संस्थाहरुका नाममा आज प्रेषित सूचनामा मुलुकभर क्रियाशील सहकारीका संघ तथा संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्य भए अन्त्यन्त कम जनशक्तिबाट क्रियाकलाप सञ्चालन गर्न भनिएको छ ।
कोरोना भाइरसको दोश्रो लहर अन्यन्त संक्रामक भएकाले त्यसको नियन्त्रण गर्न र जनधनको थप क्षति हुन नदिन सरकारले मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरेकाले सहज अवस्था नभएसम्म काम कारवाही स्थगन गर्न भनिएको विज्ञप्तिमा जनाइएको छ ।
यस जटिल परिस्थितिम स्वास्थ्य पूर्वाधारहरुको व्यवस्थापनमा राज्यसंयन्त्रलाई आवश्यक सहयोग र समन्वय गर्न समेत सूचनामा अपिल गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार