निरन्तर सदस्य सेवामा श्रोत परिचालन साकोस, मोबाईल बैंकिङ प्रयोग बढ्यो
धादिङ : नीलकण्ठ– ३, धादिङबेशी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी जारी निषेधाज्ञामा पनि सदस्य सेवामा प्रतिवद्ध रहेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संस्थाले हरेक दिन सेवा प्रवाह गरिरहेको छ ।
सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी निरन्तर सदस्य सेवामा संस्था प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिनुभयो । बचत फिर्ता, नियमित बचत, कर्जा लगायतको कायम नियमित रुपमाहुँदै आएको उहाँले बताउनुभयो । संस्थाले आपत्कालित ऋण पनि प्रवाह गर्दै आएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नगद रहित कारोबारलाई संस्थाले जोड दिएको छ । संस्थाले मोबाईल एप्स ‘श्रोत परिचालन साकोस’ प्रयोग गरि नगद रहित कारोबारमा जोड दिन सदस्यहरुलाई आव्हान गरेको छ । पछिल्लो समयमा मोबाईल बैंकिङ प्रयोग गर्ने सदस्यको संस्यामा समेत वृद्धि भएको नेपालले बताउनुभयो ।
हालसम्म करिब २ सय जनाले मोबाईल बैंकिङ सेवा लिएका छन् ।
सदस्यले घरमै बसेर मोबाईल बैंकिङमार्फत आफ्नो बचत, ऋण र सेयरको बारेमा जानकारी लिन सक्छन् । आफ्नो स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, मोबाईल रिर्चाज इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी पनि घरबाटै सक्छन् । संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, अन्तर बैंक रकम ट्रान्सफर लगायतको सेवा प्रवाह गर्दै आएको छ ।
सदस्यले ९८४७६९८५२५ नम्बरमा मिस्डकल गरेको अवस्थामा आफ्नो माबाईलमा रिर्चाज हुन्छ ।
संस्थाले विगत २३ वर्षदेखि निरन्तर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले लगातार ७ वर्ष नेफ्स्कूनले प्रदान गर्दै आएको प्रोवेश ब्राण्ड पाउन सफल भएको छ । हाल संस्थामा ५३ सय सदस्य, सेयर पूँजी ५ करोड १३ लाख रहेको छ । संस्थाको कुल वासलत ४३ करोड पुगेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
