१७ भदौ २०८३, बुधबार

पञ्चशील बहुउद्देश्यीय सहकारी अब आफ्नै भवनमा

२०७८ वैशाख २५, शनिवार
पञ्चशील बहुउद्देश्यीय सहकारी अब आफ्नै भवनमा

काठमाडौं : ललितपुर स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले आईतबार (भोली) देखि आफ्नै भवनबाट कारोबार सुरु गर्ने भएको छ ।

शनिवार सिमित व्यक्तिको उपस्थितीमा पुजा गरी औपचारिक उद्घाटन गरिएको छ । संस्थाले ललितपुर १९, पुर्णचण्डीमार्ग, कुमारीपाटीमा सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

संस्थाको नयाँ भवनको मुल गेटसँगै एटिएम बुथ पनि स्थापना गरेको छ । संस्थामा करिब ३ हजार सदस्य आवद्ध भएका छन् । कुल चुक्ता पूँजी १४ करोड ५५ लाख ६९ हजार ७ सय रुपैयाँ रहेको संस्थाको जगेडा तथा अन्य कोषहरुमा १६ करोड ८८ लाख ९४ हजार ७ सय ६३ रुपैयाँ रहेको छ । संस्थाको कुल कारोबार २ अर्ब ५१ करोड ५४ लाख ३७ हजार ९ सय ८८ रुपैयाँ रहेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो ।

संस्थाले क्यूआर कोडमार्फत थप सेवाको समेत विस्तार गरेको छ । संस्थाले पञ्चशील स्मार्ट बैंकिङ्ग, एस.एम.एस. बैकिङ्ग, रेमिट्यान्स लगायतको सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय