किसान बहुउद्देश्यीय सहकारीद्वारा ‘किसान अक्सिजन बैंक’ स्थापना
कैलाली : लम्कीचुहा नगरपालिका– १ लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ‘किसान अक्सिजन बैंक’ स्थापना गरेको छ ।
कोरोना संक्रमित बिरामीहरु बढ््न गई उपचारमा समस्या भएको तथा अक्सिजन नपाएर बिरामीहरुको मृत्यु भईरहेको दर्दनाक अवस्थामा अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायका साथ ‘किसान अक्सिजन बैंक’ स्थापना गरेको संस्थाले जनाएको छ ।
संस्थाको तर्फबाट ४० थान अक्सिजन सिलिन्डर जम्मा गरी उक्त अक्सिजन बैंकको सुरुवात गरिएको संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिनुभयो । यस अभियानमा सरिक भई सक्दो सहयोगका लागि सरकारी, गैर–सरकारी, सामाजिक, शैक्षिक, बैंक तथा वित्तीय संस्थाहरु, राजनितिक संघ संस्थाहरु, विभिन्न संगठनहरु, उद्यमीहरु, व्यापारीहरु, पत्रकारहरु लगायत आम नागरिकहरुमा संस्थाले अपिल समेत गरेको छ ।
यस अभियानमा सहयोग गर्न चाहने व्यक्ती तथा संस्थाको नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड, लम्की शाखामा रकम जम्मा गर्न सक्नेछ । त्यस्तै ईसेवामार्फत पनि सहयोग गर्न सकिने संस्थाले जनाएको छ । बैंक खाता नम्बर 2001010000073 रहेको छ भने ईसेवा आईडी 9864759065 रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार