१७ भदौ २०८३, बुधबार

सचेत र सुरक्षित रहन जनचेतना फैलाउँदै शिखर साकोस

२०७८ वैशाख १७, शुक्रबार
सचेत र सुरक्षित रहन जनचेतना फैलाउँदै शिखर साकोस

बिर्तामोड : शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कोरोनाबाट सचेत र सुरक्षित रहँदै व्यापार व्यवसाय गरौं भन्ने उदेश्यले जनचेतना कार्यक्रम गरेको छ ।

‘कोभिड–१९ बाट बाच्न मास्कको प्रयोग गरौं’ लगायतका कोभिड सम्बन्धिका जनचेतना मुलक प्ले काडर्, व्यानरसहित बिर्तामोड परिक्रमा गरेको छ । शिखर साकोसले आफ्नो सेवा केन्द्रहरुमा सदस्यहरुलाई सचेतना फैलाउने उदेश्यले शुक्रबार विर्तामोडमा, शनिबार (१८ गते) अर्जुनधार, आईतबार (१९ गते) गरामनी र २० गते (सोमबार) राजगढ सेवाकेन्द्रमा बजार परिक्रमा गर्दै माक्स वितरण गरिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताउनुभयो ।

विर्तामोडमा गरिएको कार्यक्रममा पनि मास्क वितरण गरिएको थियो । कोरोनाबाट बच्न सचेत र सुरक्षित नै रहनु पर्ने भएको हुँदा आजको आवश्यकता सुरक्षित रहनु रहेको अध्यक्ष राउतले बताउनुभयो । शिखर साकोसले समय र प्रतिकुल अवस्थामा जनचेतना कार्यक्रम गराउँदै आएको छ ।

अभिलेख

लोकप्रिय