हाम्रो साकोसको नयाँ फिचर : बैंक ट्रान्सफर र घरबाटै मोबाईल बैंकिङ रजिष्टेशन गर्न सकिने
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको मोबाईल बैंकिङमा नयाँ फिचर थप गरेको छ । कारोना महामारीका कारण आजबाट सुरु भएको निषेधाज्ञामा संस्थाको सेवा लिन थप सहज बनाउन नयाँ फिचर थप गरेको हो ।
संस्थाका सदस्यहरुले मोबाईल बैंकिङ प्रयोग गरी अन्य बैंक तथा वित्तीय संस्थामा आफ्नो खातामा रहेको रकम ट्रान्सफर गर्न सक्नेछन् । दैनिक २० हजार र मासिक ५० हजारसम्म रकम ट्रान्सफर गर्न सकिने संस्थाले जनाएको छ । यो सिमा निर्धारण एक महिनाको लागि मात्र रहेको र पछि सिमा निर्धारण नहुने संस्थाले जनाएको छ ।
त्यस्तै मोबाईल बैंकिङ सेवा नलिएका सदस्यहरुले घरबाटै सेवा सुचारु गर्न सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो ।
संस्थाले मुख्य कार्यालय र सेवा केन्द्रहरुबाट निरन्तर सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा प्रवहा गरेको छ । संस्थाले निषेधाज्ञाको अवधिमा बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म सेवा प्रवाह गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार