२४ कात्तिक २०८३, मङ्गलबार

उद्यमशीलता तथा स्वरोजगारी प्रवद्र्धन गर्दै चन्द्रागिरि साकोस

२०७८ वैशाख १६, बिहिबार
उद्यमशीलता तथा स्वरोजगारी प्रवद्र्धन गर्दै चन्द्रागिरि साकोस

काठमाडौं : थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशीलता तथा स्वरोजगारी प्रवद्र्धन गर्ने उदेश्यले सीप दर्ता कार्यक्रम अघि सारेको छ।

एकसँग भएको सीप अर्कोलाई आवश्यक पर्दा काम लाग्ने भएको हुँदा संस्थाले पुलको काम गर्ने अभिप्रायका साथ यस्तो कार्यक्रम सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । सदस्य बाहेक समुदायमा भएको विशेष सीपहरुको प्रवद्र्धन र बजारीकरण गर्न संस्थाले सहयोग गर्ने उहाँको भनाइ छ ।

‘सदस्यहरु माझ नै धेरै खालका सीपहरु भईरहेका हुन्छन्’, श्रेष्ठले भन्नुभयो, ‘कोहीसँग ईलेक्ट्रिसियन, प्लम्बर, मेकानिक, ग्राफिक डिजाईनर, ह्याण्डी क्राफ्ट, मोबाईल रिपेयर आदि सीप हुन्छन्। जुन प्रायः मानिसहरुलाई आवश्यक परिरहन्छ ।’ जसलाई जस्तो खालको सीपको आवश्यकता पर्दछ उपलब्ध भएसम्म चन्द्रागिरि सीप रोष्टरबाट सम्पर्कको बिवरण उपलब्ध गराईने उहाँको भनाइ छ ।

सीप दर्ता फाराम

अभिलेख

लोकप्रिय