१५ भदौ २०८३, सोमबार

शिखर साकोसको समिक्षा गोष्ठी सम्पन्न, एक वर्षको लक्ष्य नौ महिना मै पुरा

२०७८ वैशाख १४, मङ्गलबार
शिखर साकोसको समिक्षा गोष्ठी सम्पन्न, एक वर्षको लक्ष्य नौ महिना मै पुरा

बिर्तामोड : शिखर साकोसले तेस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा उत्प्रेरणा कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

संस्थाले लिएको बार्षिक लक्ष्य नौ महिनामा नै पुरा गरेको छ । ६० कारोड बचतको लक्ष्य लिइएकोमा चैत्र मसान्तसम्म ६५ करोड पुगेको संस्थाले जनाएको छ । संस्थाको सेयर पूँजी ५ करोड २५ लाख लक्ष्य रहेकोमा ५ करोड १६ लाख पुगेको छ । त्यसैगरी सदस्य ७ हजार २ सय १ लक्ष्य रहेकोमा हालसम्म सदस्य संख्या ७ हजार ६ सय ४६ जना पुर्याउन सफल भएको छ । ऋण लगानी भने लक्ष्यको ९२ प्रतिशत मात्र रहेको छ ।

सेवामा उत्कृष्ठ सहकारी बन्ने लक्ष्य लिएको यस संस्थाले कोभिडको अवस्थामा पनि उल्लेख्य सफलता हासिल गर्न सफल भएको छ । हरेक सुचकहरु लक्ष्यभन्दा बढी भएकोमा कर्मचारीलाई संस्थाले धन्यवाद दिएको छ । कोभिडले बजार बन्द रहनु, डर र त्रासको बीचमा पनि सदस्यहरुको घर–घरमा गएर सदस्यहरुलाई सेवा दिन कर्मचारी खटेकोमा संचालक समितीले खुसी व्यक्त गरेको छ ।

कर्मचारीको मेहनतले नै संस्थालाई सफलता प्राप्त भएको संस्थाका संचालक किरण पौडेलले बताउनुभयो । सदस्यहरुलाई सेवा दिनमा कुनै कसर नछोड््न बताउनुभयो । आजको शिखर साकोसको पहिचान नै सेवा रहेको उहाँको भनाई छ । संस्थाले लकडाउनको समयमा आफ्नो भवन समेत खरिद गर्न सफल भएको छ । संस्थालाई अझ सवल, सझम र भरोषाको केन्द्र बनाएर सदस्यहरुको बीचमा पुर्याउन जरुर हरेको ठहर गर्दै आफ्नो कार्य क्षेत्र भित्र सेवामा उत्कृष्ठ रहन समितीले सुझाव दिएको छ ।

उत्प्रेरणा कार्यक्रमको सहजिकरण योगेन्द्र पौडेलले गर्नुभएको थियो संस्थाका अध्यक्ष दीपेन्द्र राउतले संस्थाको भावी योजना तथा हालसम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको वृद्धि विकासमा कर्मचारीको अथक मेहनत र समितिको साथ सहयोग नै संस्थाको सफलता रहेको बताउनुभयो ।

गरामनी, राजगढ र बिर्तामोड तीन सेवा केन्द्रबाट संस्थाले सेवादिई रहेको छ । आफ्नो कार्य क्षेत्रमा यस संस्थालाई अब्बल र उत्कृष्ठ सहकारी बनाउन आफ्नो पुर्ण योगदान रहने सेवाकेन्द्र प्रमुखहरुको धारणा रहेको छ । तीन सेवा केन्द्रमा ३३ जना कर्मचारीबाट सेवा दिँदै आएको यस संस्था जिल्लामा नै पहिलो प्रविधी मैत्री संस्था रहेको छ । संस्थाले प्रदान गरेको शिखर एम बैंक सेवा हालसम्म १३ सय सदस्यहरुले उपयोग गर्दै आएका छन् । क्युआर कोड, कार्डलेस एटिम सेवा समेत सुरु गरेको संस्थाले प्रविधिमा आफुलाई अपडेट राखेको छ । कर्मचारीको क्षमता अभिवृद्धि गराउँदै संस्थालाई दिगो र सक्षम बनाउनु संस्थाको उदेश्य रहेको छ ।

अभिलेख

लोकप्रिय