निषेधाज्ञाका बेला सहकारीका कर्मचारीलाई कार्यालय जान छैन अनुमति
काठमाडौं : कोभिड १९ को दोश्रो लहर बढेसँगै त्यसबाट बच्न उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ । निषेधाज्ञाका अवधि बैंक तथा वित्तीय संस्थाका कर्मचारी परिचयपत्र देखाएर कार्यालय जान सक्ने भएपनि सहकारी क्षेत्रका लागि त्यो व्यवस्था भएको छैन ।
जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनाको २ नम्बर बुँदामा सार्वजनिक एवं नीजि सवारी साधन सञ्चालन सम्बन्धी जानकारी राखिएको छ । त्यसमा बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरिएको तर सहकारीको विषयमा केहि उल्लेख छैन । गत वर्षको लकडाउन र निषेधाज्ञाका अवधिमा पनि सहकारी संस्थाहरुलाई सरकार र जिल्ला प्रशासन कार्यालयहरुले वेवास्ता गरेका थिए । बैंकिङ पहुँचबाट टाढा रहेका समुदायलाई वित्तीय सेवा प्रदान गर्दै आएको सहकारी क्षेत्रलाई बैंक तथा वित्तीय क्षेत्र सरह सेवा दिनका लागि राज्यले आवश्यक व्यवस्था मिलाउनुपर्ने भए पनि त्यो हुन सकेको छैन ।
मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था भएता पनि सहकारीको नियामक निकाय र अभियानले पहल गर्न नसक्दा संस्थाहरुले आफ्ना सदस्यलाई सेवा दिनबाट बञ्चित हुनपर्ने अवस्था सिर्जना भएको छ । कार्यालय आवतजावतका लागि सहज नभएपछि संघहरुले घरबाटै सेवा दिन अपील गरेका छन् ।
यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले यस विषयमा काठमाण्डौ र ललितपुरका सीडिओहरुसँग छलफल भइराखेको बताए । उपत्यकाका सिडिओहरुको बैठकले यस विषय सम्बोधन गर्ने उनले जनाए । महासंघले सीमित कर्मचारी राखेर वा वैकल्पिक दिन पालो गरेर भएपनि सदस्यलाई सेवा दिन संस्थाहरुका लागि अनुमति दिन आग्रह गरेको उनले जनाए ।
सहकारीको संख्या धेरै भएको र कार्यालय सञ्चालनका लागि अनुमति दिँदा संक्रमण बढ्न सक्ने भन्दै सीडिओ कार्यालयहरुले अनुमति नदिएको बुझिएको छ ।
साभारः नेपालपत्र न्यूज
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार