३० असार २०८३, मङ्गलबार

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो

२०७८ वैशाख १४, मङ्गलबार
राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ ।

बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी रहेको छ ।

बैकले आज प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेकोछ । गतवर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार थियो ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४लाख ७५ हजार रहेको छ ।

हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ ।

सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा संधै अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धी गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताउनु भयो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १५ प्रतिशतले लाभाशं वितरण गरेको थियो ।

अभिलेख

लोकप्रिय