सहकारीमा तरलता अभाव हुन नदिन विशेष कार्ययोजना बनाउन सहकारी विभागको निर्देशन
काठमाडौं : सहकारी विभागले सहकारी संघ/संस्थालाई निर्देशन जारी गरेको छ । कोरोना भाईरसको संक्रमण दर बढ्दै गएपनि सहकारीले प्रदान गर्ने सेवाका विषयमा निर्देशन जारी गरेको छ ।
सहकारीले भिडभाड नहुने तथा आवश्यक भौतिक दुरी कायम हुनेगरी मात्र सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । त्यस्तै बैठक, तालिम जस्ता कार्यक्रममा भौतिक दुरी सुनिश्चित गर्ने सम्भव भएसम्म यस्ता कार्यक्रम अभौतिक माध्यमबाट गर्न निर्देशन जारी गरेको छ ।
त्यस्तै कर्मचारीलाई समुह विभाजन गरी कार्य गर्ने व्यवस्था मिलाउन र नगद संकलन गर्ने कर्मचारीको आवश्यकता अनुसार पिसिआर परिक्षण गराउन पनि निर्देशन दिएको छ ।
आवश्यकीय कार्य निरन्तरताका लागि विस्कृत कार्य योजना तयार गरी समयानुकुल अद्यावकित गर्ने र तरलता अभाव हुन नदिन सञ्चालक समितिले विशेष कार्ययोजना तयार गरी सोही योजना अनुसार कार्य गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार