१५ भदौ २०८३, सोमबार

सीमित जनशक्तिबाट सहकारी सञ्चालन गर्न राष्ट्रिय सहकारी महासंघकाे अनुराेध

२०७८ वैशाख १२, आईतवार
सीमित जनशक्तिबाट सहकारी सञ्चालन गर्न राष्ट्रिय सहकारी महासंघकाे अनुराेध

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी संघ/संस्थाहरूलाई सूचाना जारी गर्दै स्वास्थ्य मापदण्ड पालनाका साथै भौतिक दुरी कायम गरेर वस्तु तथा सेवा प्रवाह गर्न अनुराेध गरेकाे छ ।

महासंघका अध्यक्ष मिनरा कँडेलद्वारा जारी सूचनामा सीमित जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुनेगरी सेवाप्रवाहमा निरन्तरता दिन भनिएको छ ।

त्यस्तै संघ/संस्थाको बैठक, अन्तरक्रिया, गोष्ठी, तालिम लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न अपिल गरिएको छ ।

साथै स्थानीय तहसँग समन्वय गरी सहकारी कार्यालय वरपर क्षेत्रको व्यवस्थापनका लागि सहजीकरण गर्न महासंघले अपिल गरेको छ । महामारी सक्रमणको शंका लागेमा परीक्षण, सक्रमितलाई आइसोलेसन र कन्ट्रयाक टे«सिङमा परेकालाई परीक्षणका लागि आवश्यक समन्वय गर्न सहकारीकर्मीलाई महासंघले अपिल गरेको हो ।

समुदायप्रति चासो मनन गर्दै देशभरी छरिएर रहेका सहकारीले सुरक्षित भएर कोभिड नियन्त्रण गर्न संवेदनशील भएर लाग्न भनिएको छ ।

अभिलेख

लोकप्रिय