२४ वर्षमा रोयल बहुउद्देश्यीय सहकारी, वित्तीयसँगै सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय
काठमाडौं : काठमाडौंको बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था आज (बैशाख ९ गते) बाट २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना २०५५ साल बैशाख ९ गते भएको थियो ।
संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागि विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ । वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको छ । संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ ।
रोयलले हरेक वर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको थियो । संस्थाले रक्तदान, सरसफाईका कार्यक्रम, विभिन्न संघ/संस्थालाई सहयोग, खाद्यान्न वितरण लगायत काम हरेक वर्ष गर्दै आएको थियो ।
संस्थाको मुख्य कार्यालय बसुन्धारामा रहेको छ । मुख्य कार्यालयमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको । उक्त भवनबाट बार्षिक १ करोड रुपैयाँ भाडा वापत आम्दानी हुन्छ । संस्थाले चार वटा सेवा केन्द्रमार्फत पनि सेवा प्रदान गरिरहेको छ । संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जितपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउँदै आएको छ ।
संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
२०७८ बैशाख ९ गतेको विवरण अनुसार संस्थामा ६ हजार ५ सय ५० जना सदस्य आवद्ध भएका छन् । संस्थामा ९ करोड ९२ लाख ५३ हजार रुपैयाँ सेयर पूँजी र रिजर्भ रहेको छ । १ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बचत संकलन र ९३ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह संस्थाले गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार