१५ भदौ २०८३, सोमबार

चन्द्रागिरि र शुभतारा बीच एकीकरण सम्पन्न, १ लाख सदस्य र ३० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य

२०७८ वैशाख ९, बिहिबार
चन्द्रागिरि र शुभतारा बीच एकीकरण सम्पन्न, १ लाख सदस्य र ३० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य

काठमाडौं : चन्द्रागिरि नगरपालिका–७, थानकोट स्थित चन्द्रागिरि साकोस र ललितपुर–१४, खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था बीच एकीकरण प्रकृया पुरा भएको छ ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट एकीकरण प्रकृया बैशाख ८ गते स्विकृत भएको हो । एकीकरण प्रकृया पूर्व चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड रहेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः १३ हजार ५ सय र ६ सय रहेको छ । संस्था एकीरण पश्चात सदस्यहरुले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामार्फत कारोबार गर्नेछन् ।

संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिकासम्म कायम भएको छ । हालसम्म सम्पन्न एकीकरण प्रकृयाबाट संस्थाको ४ वटा सेवाकेन्द्र सञ्चालन हुने भएको छ । जसमा चन्द्रागिरि न.पा. १२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर म.न.पा. १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, का.म.न.पा. २२, न्युरोडमा न्युरोड सेवाकेन्द्र र धुनिबेसी न.पा. ७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुनेछ ।

निकट भविष्यमा नै १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्याई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि बढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

अभिलेख

लोकप्रिय