सात दिन भित्र कोपोमिसमा आवद्व हुनुपर्ने
इटहरी : एक साता भित्र सहकारी तथा गरिबी निवारण प्रणाली (कोपोमिस) मा सामेल हुन प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालय इटहरीले निर्देशन जारी गरेको छ । आफ्नो नियमन क्षेत्रभित्र पर्ने सबै सहकारीलाई रजिष्ट्रार बलराम निरौलाद्वारा ७ गते जारी सूचनामा प्रदेश १ सरकारको नियमन क्षेत्रभित्र पर्ने सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा सूचना प्रविष्ट गर्न उल्लेख गरेको छ ।
सहकारी विभाग र सेवा प्रदायक संस्थाबीच भएको सम्झौता बमोजिम तथ्यांक प्रविष्ट गर्न प्राविधिक टोली प्रदेश कार्यालय इटहरीमा पुगेका छन् । निरौलाद्वारा जारी सूचनामा ७ दिनभित्र प्रदेश कार्यालयमा सम्पर्क राखी प्राविधिक टोलीसँग सफ्टवेयरमा प्रविष्ट गर्न आवश्यक विवरण के के पेश गर्नुपर्ने हो बुझी टोलीले माग गरेको विवरण पेश गर्न निर्देशन जारी गरिएको हो ।
विभागले चालू आर्थिक वर्षमा प्रदेश १ र बाग्मती प्रदेशका सबै सहकारीको विवरण कोपोमिसमा राख्ने लक्ष्य लिएको छ । आउँदो वर्षभित्र अन्य ५ वटा प्रदेशको पनि तथ्यांक राख्ने योजना छ । कोपोमिस सुरु भएको आधा दशक भन्दा बढी भएपनि कोपोमिसमा सहकारी सामेल हुन सकेका छैनन् । प्रदेश र स्थानीय तहले समेत आफ्ना नियमन क्षेत्रभित्र रहने सहकारीलाई कोपोमिसमा सामेल हुन आह्वान गरेपनि सहकारीले कोपोमिसमा सूचना प्रविष्ट गर्न आनाकानी गरिरहेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार