सहकारीका सिइओहरूलाई चेतनशील नेतृत्व विकास तालिम
पाेखरा : राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख (सिइओ)हरुका लागि संचालन भएको चेतनशील नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ ।
बैशाख ३ देखि ५ गतेसम्म संचालन भएको तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ संस्थाका प्रमुख कार्यकारीहरुको चेतनशील नेतृत्व विकास अपरिहार्य भएको सन्दर्भमा आयोजित यस तालिमले सहकारी संघ संस्था सुदृढ हुनुका साथै सहकारी अभियानलाई दिगो एवं मर्यादित वनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।
तालिममा सहजीकरण गर्नुभएका मास्टर चेतना कोच इन्द्र गुरुङले चेतनसिल नेतृत्व देखिने भन्दा पनि आफैले अनुभुति गर्ने कुरा भएकाले तालिममा सिकेका कुराहरुलाई व्यवहार उतार्न आग्रह गर्नुभयो ।

तालिममा नेतृत्व क्षमता अभिवृद्धि संगसंगै व्यक्तिगत मास्टरी, आमजन मास्टरी, संस्थागत मास्टरी, तनाव व्यवस्थापन, मुल्यमा आधारित निर्णय लगायतका विषयमा रचनात्मक ढंगले अभ्यास समेत गरिएको थियो ।
तालिममा देशभरका विभिन्न सहकारी संघ/संस्थाका २३ जना कार्यकारी प्रमुखहरुको सहभागीता रहेको थियो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार