सदस्य संस्थाको सुदृढिकरण गर्न नसक्ने संघ चलाउनुको अर्थ छैनः के.बी उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक के.बी उप्रेतीले आफ्ना सदस्य संघ/संस्थाको सुदृढिकरण गर्न नसक्ने संघहरू चलाउनुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
बाग्मती प्रदेश सहकारी संघको कार्यक्रममा बोल्दै उप्रेतीले अभियानलाई सुदृढ गर्न प्रत्येक संघले आफैँबाट सुरुवात गर्नुपर्ने र प्रदेश संघ भर्खरै गठन भएकोले अहिलेसम्म केन्द्रिय संघहरू, महासंघ र राज्यका निकायले समेत प्रदेश संघलाई नीतिगत तथा अभियानका अन्य कार्यक्रमहरूमा समेत समावेश नगराइएको देखीएको हुँदा संघ आफैँले सक्रियता देखाएर आफ्नो जिम्मेवारी बहन गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी बस्नेतले संघ सक्षम नभएसम्म राष्ट्रिय सहकारी महासंघले यस संघलाई कार्यालय व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी ऐन संशोधनका विषयमा महासंघले अग्रसरता नलिनु गम्भिर र अभियानलाई कमजोर बनाउने विषय भएको बताउदै ऐन कार्यान्वयनमा जान नसक्नु दुखद कुरा रहेको भन्दै यसले सहकारी क्षेत्रमा विकृति बढाउने धारणा राख्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार