१५ भदौ २०८३, सोमबार

विकूको ३६५ दिने सेवा अब रजहर सेवा केन्द्रबाट पनि

२०७८ वैशाख २, बिहिबार
विकूको ३६५ दिने सेवा अब रजहर सेवा केन्द्रबाट पनि

गैंडाकोट : ‘हाम्रो लक्ष्य खुसी एवं स्वस्थ्य सदस्य’ भन्ने मुल आशयका साथ विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवालाई थप विस्तार र परिमार्जन गर्दै अघि बढेको छ ।

संस्थाले नयाँ बर्ष २०७८ को पहिलो दिनदेखि रजहर सेवा केन्द्रबाट पनि ३६५ दिने सेवा सुरु गरेको छ । एक कार्यक्रमका बीच संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले विधिवत रुपमा ३६५ दिने सेवाको शुभारम्भ गर्नु भएको हो ।

अब संस्थाका सदस्यले सार्वजनिक बिदाको दिनमा पनि (शनिवार समेत) रजहर सेवा केन्द्रबाट सेवा लिन सक्ने भएको छ ।

अभिलेख

लोकप्रिय