एक्सेस कार्यक्रममा हाम्रो साकोस आबद्व
ललितपुर : ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयतासम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध भएको छ ।
गत साता नेफ्स्कून र हाम्रो साकोसबीच एशियास्तरको उक्त ब्रान्डिङ कार्यक्रममा सम्झौता भएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनकातर्फबाट बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र संस्थाको सम्पूर्ण सञ्चालक समितिका साथै प्रमुख कार्यकारी अधिकृतको समेत सहभागिता रहेको थियो ।
१ अर्ब ४० करोड कुल सम्पत्ति रहेको हाम्रो साकोसमा ६५ सय सदस्य छन् भने काठमाडौं उपत्यकाभर कार्यक्षेत्र रहेको छ । केही समयअघि मात्रै हाम्रो नमुना साकोस र हाम्रो थैलीबीच एकीकरणसमेत भएको थियो ।
सम्झौता पश्चात बोल्दै संस्थाका अध्यक्ष शम्भु फुँयालले निरन्तर प्रयास गर्दै संस्थालाई दिगो र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाल एक्सेस कार्यक्रम सम्बन्धमा अभिमूखिकरण गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार