सिवाईसी साकोसको २२ औं सेवा केन्द्र खुर्कोट बगैंचामा
पर्वत : सिवाईसी बचत तथा ऋण सहकारी संस्था, बागलुङको २३ औं कार्यालय तथा २२ औं सदस्य सेवा केन्द्र कुश्मा नगरपालिका खुर्कोटको बगैंचामास्थापना गरिएको छ ।
कार्यालयको कुश्मा– २ का वडा अध्यक्ष यदुनाथ शर्माले बुधबार एक कार्यक्रमका बीच कार्यालय समुद्घाटन गर्नु भएको हो । नव बर्षको सन्दर्भ पारेर सिवाईसी साकोसले कुश्मा–१ को पाङ, वडा नं २ खुर्कोट र जलजला गा.पा. ९ बनौँमा सेवा विस्तार गर्ने लक्ष्यसहित नयाँ सदस्य सेवा केन्द्र सुरुवाट गरेको हो ।
कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्माले सहकारीको विगत, वर्तमान र भविष्य योजना सहित सहकारीले हाल दिइरहेको वित्तिय तथा गैरवित्तीय सेवाहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
यो सँगै सिवाईसी साकोसका २२ सदस्य सेवा केन्द्र र २३ बटा कार्यालय पुगेका छन् । सिवाईसी साकोसमा हालसम्म १७ हजार ५ सय जना शेयर सदस्य आवद्ध भएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार