३० असार २०८३, मङ्गलबार

कंडेल र दाहाल पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व

२०७८ वैशाख १, बुधबार
कंडेल र दाहाल पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा वार्षिक रुपमा गर्दै आएको पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको छ । संस्थाले २०७६ का लागि सहकारी अभियन्ता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेललाई सम्मान गर्ने भएको छ । त्यसैगरी २०७७ का लागि सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाललाई सम्मान गर्ने भएको छ ।

संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पुर्याउने अभियन्ताहरुलाई सम्मान गर्दै आएको भएपनि गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनले सम्मान कार्यक्रम स्थगित भएको थियो । यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित व्यक्तित्वद्वयलाई आगामी साधारणसभामा सम्मान गरिने संस्थाले जनाएको छ । संस्थाले सहकारी व्यक्तित्वहरुलाई नगद ११,१५१ रुपैया र ताम्रपत्रसहित सम्मान गर्ने भएको छ ।

कार्यक्रमका संस्थाका अध्यक्ष भोलानाथ पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास हुँदैन भन्ने कुरालाई महशुस गरेर संस्थाले सहकारी अभियन्ताहरुलाई सम्मान गर्ने कामको थालनी गरेको बताउनुुभयो । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने भावलाई आत्मसात गर्दै संस्थाले कुनै जाति, वर्ग, धर्म र राजनीतिक पक्षलाई नहेरी योगदानको आधारमा अभियन्ताहरुलाई सम्मान गर्दै आएको बताउनुुभयो । एघारौं पटकसम्म संस्थाले स्थापना दिवसको अवसरमा निरन्तर सम्मान गर्दै आएको भएपनि गत वर्ष कोभिड १९ का कारण स्थगित भएको सम्मान कार्यक्रमलाई यस वर्ष सँगै जोडेर भव्यताकासाथ गर्ने तयारी भएको भएपनि पुनः कोभिड १९ को संक्रमण बढेकाले स्थगन गर्नु परेको बताउनुभयो ।

अभिलेख

लोकप्रिय