`सिजेएन पत्रकार हितकाेष´मा पाँचतारा साकाेसकाे १ लाख सहयाेग
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नेपाल सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १५१ रुपैया प्रदान गरेको छ ।
संस्थाको १३औं स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठक उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गर्नुभएकाे हाे । समाजले स्थापना गरेको ‘सिजेएन पत्रकार हितकोष’ मा उक्त रकम जम्मा हुनेछ ।
सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त राशि प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले बताउनुभयाे । सहकारी अभियानको प्रवर्द्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरुसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने उहाँले बताउनुभयाे ।
समाजका अध्यक्ष खिलानाथ दाहालले पत्रकारहरुको वृत्तिविकास र हकहितका लागि समाजले काम गर्दै आएको बताउनुभयाे । भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा पत्रकारहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सिजेएन हितकोष निर्माण गरिएको उहाँले बताउनुभयमे । त्यसका साथै उक्त कोषमार्फत पत्रकारहरुको क्षमता अभिवृद्धि देखि सम्मान र पुरस्कार समेत प्रदान गर्ने व्यवस्था छ । कोषमा रकम प्रदान गरेकोमा पाँच तारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गर्नुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार