३० असार २०८३, मङ्गलबार

गुडविल सहकारीका सबै सञ्चालक प्रहरीको नियन्त्रणमा

२०७७ चैत ३१, मङ्गलबार
गुडविल सहकारीका सबै सञ्चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं : गुडविल बचत तथा ऋण सहकारी संस्था, ललितपुरका सञ्चालक समितिका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीले गत शनिबार संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेकाे थियाे । ८० करोड रुपैयाँ ठगेको आरोपमा सञ्चालक समितिलाई पक्राउ गरेको थियो ।
अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले संस्थाका सञ्चालक समितिमा रहेका सबै जना(९ जना) लाई नियन्त्रणमा लिएको हाे ।

अहिलेसम्म ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको ललितपुर परिसरमा उजुरी परेको छ । तर योभन्दा पनि बढी ठगी गरिसकेको हुनुपर्ने ललितपुर परिसरले आशंका गरेको छ । अहिलेसम्म ६२ जना सदस्यको उजुरी आएको परिसरले जनाएको छ।

अभिलेख

लोकप्रिय