३० असार २०८३, मङ्गलबार

एकीकृत फ्रेण्डसिपको १२ औं सेवा केन्द्र चरिकोटमा

२०७७ चैत ३०, सोमबार
एकीकृत फ्रेण्डसिपको १२ औं सेवा केन्द्र चरिकोटमा

दाेलखा : दोलखा जिल्ला जिरी- ५ स्थित श्री एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं सेवा केन्द्र दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा औपचारिक शुभारम्भ गरिएको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघक अध्यक्ष उद्धव सापकोटाले एक समारोह बीच कार्यालयको समुद्घाटन गर्नु भएको थियो । संस्थाको अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपस्थित अतिथि तथा सदस्यहरुलाई संस्थाको उपाध्यक्ष गोपाल जिरेलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको गतिविधी तथा प्रगतिको सम्बन्धमा संस्थाको प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनु हुँदै संस्थाको कूल कारोबार १ अर्ब नाघेको जानकारी दिनुभएको थियो ।

अभिलेख

लोकप्रिय