दोलखाको भिम माध्यामिक विद्यालयमा सहकारी बाल क्लब गठन
२०७७ चैत २८, शनिवार
दोलखा : दोलखा जिल्लाको भिम माद्यामिक विद्यालयमा सहकारी बाल क्लब गठन गरिएको छ । राष्ट्रिय सहकारी बैंक, दोलखा शाखाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच शुक्रबार वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरी बाल क्लब गठन गरेको हो ।
शाखाका प्रमुख हेमन्त चौलागाईं वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजिकरण तथा बाल क्लब गठन गर्नुको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । वित्तीय साक्षरता अभिमुखीकरणसँगै विद्यार्थीहरुको भेलाले बाल क्लब गठन भएको हो । क्लबको अध्यक्षमा गिन्दु शेर्पा रहनुभएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि दोलखाका महासचिव कृष्णप्रसाद दहाल, लेखा संयोजक रत्न बहादुर श्रेष्ठ, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगद प्रसाद सुवेदीले शुभकामना मन्तब्य दिनु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार