राष्ट्रिय समृद्ध आवास सहकारी संघको अध्यक्षमा प्रदिप थापा र महासचिवमा विकल्प पाठक
काठमाडौं : राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाले १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । संघको अध्यक्षमा प्रदिप थापा, प्रथम उपाध्यक्षमा उद्धव थापा, द्वितिय उपाध्यक्ष्मका पावर्ती थापा, महासचिवमा विकल्प पाठक र कोषाध्यक्षमा राजकुमार लामा निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा यज्ञराज ढकाल, डा. गोविन्दराज जोशी, विष्णुबहादुर रिमाल, सुरेश घिमिरे, बाबुराम घिमिरे, अरुण भण्डारी, कमलबहादुर दाहाल र सुमन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै सुशिलकुमार बस्न्यातको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा बद्रि महत र दुर्गा सापकोटा रहनुभएको छ ।
फागुन १८ गते सहकारी विभागमा दर्ता भएको संघको सेयर पूँजी ८२ करोड ५ लाख रहेको छ ।
साधारण सभाले कर्मचारी प्रशासन नीति, आर्थिक प्रशासन नियमावली, सेयर तथा सदस्यता नीति, परियोजना सञ्चालन कार्यविधि, कार्यालय सञ्चालन कार्यविधि, बाह्य ऋण नीति, निर्वाचन नीति, उपसमिति सञ्चालन कार्यविधि समेत पारित गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङलगायत अतिथिहरुको उपस्थित रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार