३० असार २०८३, मङ्गलबार

सकियो राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन

२०७७ चैत २६, बिहिबार
सकियो राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन

ललितपुर : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ ।

चैत्र २५ गते सम्मेलनको समापन गर्दै महासंघका अध्यक्ष मिनराज कंडेलले “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने यस वर्षको आदर्श वाक्यलाई व्यवहारमा रुपान्तरण गर्न व्यवस्थापीय शिप तथा क्षमता वृद्धिका लागि सो सम्मेलन आयोजना गरिएको वताउनुभयो ।

उहाँले कोभिड–१९को महामारीले सहकारी संघ/संस्थाहरुलाई प्रविधियुक्त हुन दबाब दिएको बताउँदै अबको दश वर्षमा नेपालको सहकारी अभियान दीगो र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही सम्मेलनमा पूर्व मन्त्री तथा महासंघका निर्वमान अध्यक्ष केशव प्रसाद बडालले प्रत्यक सहकारीकर्मीहरुलाई सकारात्मक सोचकासाथ अगाडि बढ्न आग्रह गर्दै सम्मेलनले सहकारी संघ, संस्थाका व्यवस्थापकहरुलाई उर्जा थपिदिएको बताउनुभयो ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका सञ्चालक ओम देवी मल्लले सहकारी संघ संस्थाहरुका सुशासन कायम गर्नमा प्रमुख कार्यकारी अधिकृतहरुको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

समापनका अवसरमा महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले व्यवस्थापकीय शिपका वारेमा र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी सुशासनका वारे आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । सम्मेलनमा सहभागी मध्येका राजन गोतामे र हिमा मैनालीले आफ्ना अनुभव सुनाउदै सम्म्लन प्रभावकारी रहेको विचार व्यक्त गर्नुभएको थियो ।

काठमाडौं विश्वविद्यालयका प्रा.डा. बिनोद श्रेष्ठले “व्यवस्थापकीय क्षमता नै सफलताको साँचो” र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जनकराज शाहले “परिवर्तन व्यवस्थापन” शीर्षक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

माष्टर कोच इन्द्र गुरुङ्गले मोडरेसन गर्नुभएको सो सम्मेलनको दोस्रो दिन राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले “सहकारी संस्थाहरुमा संस्थागत सुशासन”, ग्लोबल आइएमइ बैंकका सिनियर डेपुटी सिइओ महेश ढकालले “उत्कृष्ट सेवा प्रवाह र माष्टर कोच इन्द्र गुरुङ्गले “नेतृत्वको उच्च्चकार्यसम्पादन विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।

त्यस्तै सो सम्मेलनको तेस्रो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक स्वदेश चक्रवर्तीले “सहकारी संस्थाहरुको सफलताको साँचो नै प्रभावशाली व्यवस्थापकीय सीप” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने चन्द्रागिरी साकोसको प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, मेची सहकारी संस्था लि.का मेनेजर खोम प्रसाद बगाले, साना किसान सहकारी संस्था लि. धनुषाका मेनेजर दीप नारायण पूर्बे, र सक्रिय महिला साकोस मकवानपुरका मेनेजर सबिना लामा महर्जनले आ–आफ्नो सफलताको कथा सुनाउनु भएको थियो ।

कार्यक्रमको अन्तमा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले तिनदिनको कार्यक्रको सिंहावलोकन गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय