साताव्यापी सामाजिक कार्य गर्दै शुक्रपथले मनायो ११औं स्थापना दिवस
काठमाडौं : शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरेर ११औं स्थापना दिवस मनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष नरेन्द्र बिष्टले बताउनुभयो । संस्थाले चैत २५ गते मुख्य कार्यालयसहित पाँचवटै सेवाकेन्द्रमा बृहत रक्तदान कार्यक्रम गरेको जनाएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूलनारालाई आत्मसात गर्दै संस्थाले रगत जस्तो मानवीय आवश्यकता परिपूर्ति गर्न सो कार्यक्रम गरेको अध्यक्ष बिष्टले जानकारी दिनुभयो । रक्तदानमा २५० जनाभन्दा बढि रक्तदाताले रक्तदान गरेका छन् ।
संस्थाले साताव्यापी कार्यक्रम अन्तर्गत भक्तपुरको सहारा हेरविचार केन्द्रलाई खाद्यान्न सहयोग, जिल्ला सहकारी संघ काठमाण्डौको समन्वयमा ‘सहकारीका समस्या र चुनौति’ विषयक गोष्ठी, संस्थाका ज्येष्ठ सदस्यलाई सम्मान तथा लठ्ठी वितरण गरेको हो । त्यसैगरी संस्थाले बुढानीलकण्ठ–२ मा रहेको कालिका पार्कमा विश्रामघर निर्माण, बेञ्च तथा डस्टबिन राख्ने कार्य गरेको छ । त्यसैगरी सोही अवसरमा संस्थाले सार्वजनिक स्थल, मठमन्दिर, पूरातात्विक सम्पदाको सरसफाई समेत गरेको छ ।
संस्थाका सञ्चालक समिति, उपसमिति र शेयरसदस्यहरुको सक्रिय सहभागिताका कारण संस्थाले सामाजिक गतिविधि गर्न सकेको अध्यक्ष बिष्टले बताउनुभयो । संस्थामा १० हजारको हाराहारीमा शेयर सदस्य, ८ वटा सेवा केन्द्र र झण्डै २ अर्ब हाराहारीमा कुल कारोबार गर्दै आइरहेको छ । संस्थाले यसै आर्थिक वर्षभित्रमा नुवाकोट र नारायणगढमा सेवा केन्द्र विस्तार गर्दैछ भने आगामी आर्थिक वर्षभित्र ४ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । संस्थाले उपत्यका बाहिर आफ्नो गतिविधिलाई बढाउन र कृषि लगायतका उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सेवा केन्द्र थप्न लागेको अध्यक्ष बिष्टले जानकारी गराउनुभयो ।
यस अवधिमा संस्थाले पुँजी निर्माण गर्न सकेको र निर्मित पुँजीलाई लघुवित्त र अन्य कार्यक्रममार्फत उत्पादनमा जोड्ने प्रयासमा आफूहरु रहेको उहाँले जानकारी दिनुभयो । सहकारीलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय बहस नै चलाउन आवश्यक रहेको भन्दै उहाँले प्रतिशत किटान गर्नुभन्दा पनि सबै सहकारीहरुलाई क्षमताका आधारमा उत्पादनमा जोड्नुपर्ने औंल्याउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार