३० असार २०८३, मङ्गलबार

जनसचेतन साकाेसद्वारा ब्याजदरमा हेरफेर

२०७७ चैत २३, सोमबार
जनसचेतन साकाेसद्वारा ब्याजदरमा हेरफेर

दाेलखा : जिल्लाकाे बैतेश्वर गाउँपालिकामा रहेकाे जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ब्याजदर हेरफेर गरेकाे छ ।

५ औं सञ्चालक समितिकाे बैठकले ब्याजदर हेरफेर गरेकाे हाे । ब्याजदरमा भएकाे हेरफेरसँगै सदस्यहरू खुसी भएका छन् ।

सदस्यमुखी कार्य र सदस्यहरूकाे जीवन स्थर सुधार गर्न ऋणकाे ब्याजदर हेरफेर गरेकाे साकाेसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनुभयाे ।

ऋणकाे ब्याजदर कम हुँदा सदस्यहरू उत्पादनमूलक काममा जाेड दिने संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले बताउनु भयाे ।

हाल साकाेसले ऋणिकाे हर्जनमा पनि छुट पनि गरेकाे छ । हाल संस्थाकाे ३५ हजार सदस्य रहेका छन् भने कुल एक अर्ब ८५ कराेड काराेबार रहेकाे छ ।

अभिलेख

लोकप्रिय