गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ, ७९ कराेड ठगी गरेकाे आराेप
काठमाडौं : गुडविल बचत तथा ऋण सहकारी संस्था, ललितपुरका संचालक समितिका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् ।
संस्थाको करिब ७९ कराेड ८९ लाद ६४ हजार ५ सय २० रूपैयाँ ठगी गरेको किटानी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा परेसँगै प्रहरीले श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
संचालक समितिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीहरु समेतको संलग्नतामा सर्बसाधारण व्यक्तीहरुलाई आफनो संस्थामा रकम जम्मा गरेमा बढी व्याज दिलाई दिने भनि आश्वासन देखाई बिश्वास दिलाई संस्थामा रकम जम्मा गर्न लगाई हाल आएर सो संस्थाले उक्त रकम ठगी गरेको भन्ने संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत्र ५ गते गते यस परिसरमा ठगी सम्बन्धी किटानी जाहेरी दिएका थिए ।
प्रहरीले सहकारी ऐन,२०७४ र ठगी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेकोमा सो घटनामा संलग्न रही फरार रहेका सो संस्थाका अध्यक्ष ललितपुर गोदावारी ठैब बस्ने वर्ष ४१ को दिवाकर श्रेष्ठलाई यस परिसरबाट खटिएको प्रहरी टोलीले चैत २१ग गते चितवन स्थित भरतपुर १० मा लुकीछिपी बसेको अबस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सहकारीबाट पिडित भएका व्यक्तीहरुको जाहेरी पर्ने क्रम जारी रहेको हुँदा सो संस्थाबाट ठगीमा पर्नु भएका सर्बसाधारण व्यक्तीहरु उजुरी दिनको लागी महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरमा सम्पर्क राख्नु हुन समेत प्रहरीले अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार